धिरेन्द्र भट्ट/काठमाडौ
रुकुम पश्चिममा माओवादी केन्द्रबाट जनार्दन शर्मा फराकिलो मतान्तरको साथ अग्रता बनाइरहेका छन्।
पछिल्लो सार्वजनिक मतगणना अनुसार १ हजार ५९३ मतगणना हुँदा शर्माले ८ सय मत प्राप्त गरेका छन्। जुन प्रतिस्पर्धी उम्मेदवारहरुको तुलनामा दोब्बर हो।
यस्तै, नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले ४९८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार तारक केसी ७९ मत लिएर तेस्रो स्थानमा छन्।
रुकुम पश्चिममा आजमात्रै मतगणना कार्य सुरु गरिएको छ।