दक्षिण कोरियामा पनि हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज मनाइएको छ। कोरिया नेपाली महिलाद्वारा संचालित महिलाका लागि महिला(वुमन फर वुमन) नामक संस्थाले सेप्टेम्बर १७ तारिखमा राजधानी सौल स्थित एक सभाहलमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो।
वुमन फर वुमनको आयोजनामा आयोजित कार्यक्रममा कोरियामा कार्यरत विभिन्न नेपाली संस्थामा विशिस्ट व्यक्तिको उपस्थिति रहेको थियो। नेपाली राजदुतावास दक्षिण कोरियाबाकी श्रम सहचारी चन्द्रकला (चैलागाई) ओलिको प्रमुख अथित्वमा आयोजित कार्यक्रमको बिशेष अतिथि हरुमा एनआरएनए आईसीसी अध्यक्ष बिनोद कुवँर, सचिव जुनु गुरुङको उपस्थित रहेको थियो।
एनआरएनए कोरियाका अध्यक्ष बुद्दि गुरुङ, पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसन गौतम लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।वुमन फर वुमन संस्थाकी संरक्षक लक्ष्मी लामा(गुरुङ} र बिभिन्न राजनिति दलका पदाधिकारी सहित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो।
आयोजक संस्थाले विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी हुने आफ्ना सम्पुर्ण अतिथिहरुमा धन्यवाद व्यक्त गरेको छ। साथै कार्यक्रम आयोजनामा सहयोगी भुमिका निर्वाह गर्ने व्यवस्थापन पक्षलाई समेत आयोजक वुमन फर वुमनले धन्यवाद व्यक्त गरेको छ।
तस्बिरहरु: