गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठलाई पर्बत समाज दक्षिण कोरियाले स्वागत तथा सम्मान गरेको छ। आईतबार सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्षका प्रत्याशी श्रेष्ठ लाई स्वागत तथा सम्मान गरिएको हो ।
पर्वतमा जन्मीएर जापानलाई कर्मथलो बनाउदै आएका श्रेष्ठ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षको आकांक्षीको रुपमा एनआरएनए एसिया प्यासिफिक क्षेत्र भ्रमणको शिलशिलामा दक्षिण कोरियामा आइपुगेका हुन्। एनआरएनएमा पुर्व कोषाध्यक्षको भुमिका निर्वाह गरेका श्रेष्ठ वर्तमान १०औँ कार्यसमितिको उपाध्यक्ष हुन्।
एनआरएनए केन्द्रको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिए संगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताए । श्रेष्ठले आफु आईसीसी अध्यक्ष निर्वाचित भएमा अहिले देखीएका समस्याहरु हल गर्ने गरि एजेन्डा अगाडी सारेको प्रष्ट पारेका थिए । उनले मन्तव्यका दौरान आफ्ना ५ प्रमुख प्रतिबद्धता प्रस्तुत गरे। जुन जन्मभुमिका नेपालीलाई कर्मभुमिका नेपालीको साथ, समुन्नत नेपालको संकल्प, अबको कार्यभार: एनआरएनएको हक, हित र अधिकार, संरचनात्मक सुधार र संस्थागत विकास तथा प्राथमिकतामा युवा, महिला तथा दोस्रो पुस्ता रहेका छन्।आफ्नो जन्मथलो पर्वतसंग कोरियामा जोडिन पाउँदा परिवारसंग भेटिएको महशुस भएको भन्दै श्रेष्ठले खुशी व्यक्त समेत गरे।
कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, चुनावी अभियानका क्रममा अमेरिका बाट आएका सचिव पदका उम्मेदवार कृष्णजिवि पन्त, समाजका सल्लाहकार ईन्दिरा तिवारी लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य संस्थाका प्रमुख सल्लाहकार नविन पराजुलीले राखेका थिए भने अध्यक्ष दिपक केसीले कार्यक्रममा उपस्थीत सबै प्रति आभारी रहेको जनाउँदै धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव कमला केसीले गरेकी थिईन् ।
आसन्न २०२३ -२५ को लागि हुनगइरहेको ११ औं महाधिवेशन अक्टोबर १९ मा काठमाडौंमा हुनगइरहेको छ। नयाँ नेतृत्व चयनका लागि यस पटक इ–भोटिङ र फिजिकल दुवैको व्यवस्था गरिएको छ ।