दक्षिण कोरियाको विकेन्द्रीकरण र सन्तुलित विकासका लागि गठित समितिका २० सदस्यमा डा. राजेशचन्द्र जोशी छनोट भएका छन l
नवगठित समितिको सदस्यको रुपमा चयन भएका डा . जोशीलाई उत्तरी ग्योङसाङ प्रान्तका गभर्नर ली चेओल वूले प्रमाणपत्र हस्तान्तरण गरेका थिए l गभर्नरको कार्यालय दोङ्ग्राक हलमा आयोजित उद्घाटन समारोहमा मेयर र नगर परिषद्का सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
कोरियाको ग्वाङ्जु स्थित जेरियाट्रिक अस्पतालमा परिवार चिकित्सा विभाग।को प्रमुखको रुपमा कार्यरत डा . जोशी कोरियामा रहेका एक मात्र नेपाली डाक्टर हुन l
कोरियामा निकै लोकप्रिय मानिने डा .जोशीले बिगत ४ बर्ष देखि नेपालीहरु बीच स्वास्थ्य परामर्श चलाउदै आएका छन l उक्त अभियानबाट हाल सम्म १४ सय भन्दा धेरै नेपालीहरु प्रतक्ष्य वा प्रतक्ष्य रुपमा लाभान्वित भएका छन l