जापानमा कोरोना भाईरसबाट पहिलो पटक एक नेपाली पनि संक्रमित भएको पाइएको छ । जापानको इबाराकी केनमा बस्दै आएका एक ‘ नेपाली युवा ‘ कोभिड – १९ बाट संक्रमित पाइएको हो । संक्रमित ब्यक्तिको निकट पारिवारिक सदस्यबाट प्राप्त जानकारी अनुसार उनलाई काम गर्ने ठाउँमा संक्रमण भएको हाे ।
सामान्य विरामी भएका उनी मार्च ३० मा परिक्षण गर्न अस्पताल पुगेका थिए, परिक्षणमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार भैरहेको छ ।
परिवारको साथमा बस्दै आएका उनमा संक्रमण भएको पुष्टिपछी परिवारका सबै सदस्यलाई हाल स्थानिय अधिकारिहरुले होम क्वारेन्टाइनमा राखेका छन । कम्तिमा एकसाता घरबाहिर ननिक्लन र भेटघाट नगर्न भनिएको श्रोतले जनाएको छ।
परिवारका सदस्यमा भने संक्रमण नदेखिएको बताइएको छ । जापानमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या करिब ३५ सय पुग्दा ८४ जनाले ज्यान गुमाएका छन् ।