
जन्म हुने खर्च कटाएर क्यानडा मा एक नेपालीले नेपाली लाई राहत वितरण गरेका छन । जनसम्पर्क समिति क्यानडा का महामन्त्री बसन्त कार्कीले जन्म दिनको खर्च कटाएर केभिड–१९, प्रभावित क्षेत्रमा दैनिक उपभोग्य सामान वितरण गरेका हुन । केही दिन देखि जनसम्पर्क समितिले वितरण गरिरहेकाे राहतमा केही थप गरि संस्था र मेराे दुबै समाबेश गरी बितरण गरे उनले भनेका छन ।
जन्म दिनमा छुट्टयाइएको उनको खर्च राहत वितरणमा लगानी भएपछि सबैले उनलाई राम्रो कार्य गरेको भन्दै धन्यवाद दिएका छन । कार्की र जनसम्पर्क समितिले संयुक्त रुपमा ३५ जना नेपाली विद्यार्थीलाई राहत वितरण गरेको हाे ।भर्खरै नेपाल बाट अाएका,जागिर नपाएका तथा काेराेना भाइरस त्रास बाट घरमै बसेकाहरुकाे लागि राहत वितरण भएको हाे । केही दिन देखि राहत वितरण कार्य जनसम्पर्क समितिले नियमित बनाएको छ ।
याे क्रम अझै केही दिन चल्छ राहत आवश्यक परेकालाई पनि सम्पर्क गर्न अनुरोध गरेका छाै जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले बताए । जन सम्पर्क समितीले ग्रेटर टोरन्टो एरीयाको बेरी सिटीमा आदि क्षेत्रमा पनि राहत वितरण गरेको बताइएको छ ।उक्त कार्यमा कार्यबाहक सभापति चन्दा अधिकारि सहित अन्य वाेर्ड सदस्यहरुकाे सहभागीता रहेको जनसम्पर्क समिति क्यानडाले बताएको छ ।