
जाजरकाेटका समाजसेवी तथा निर्माण व्यावसायि रत्न बहादुर खड्काले स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन ।जाजरकोटका जनताको स्वास्थ्य अवस्था सुरक्षित हाेस भन्दै स्वास्थकर्मिकाे लागि आवश्यक सामाग्रीहरु खड्काले सहयोग गरेका हुन । “स्वस्थ्य कर्मी रहे मात्र आम नागरिकको स्वास्थ रहन्छ” भन्ने उदेश्यका साथ निर्माण व्यावसायि महासंघका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस माहासमिति सदस्य खड्काले उक्त सामाग्रीहरु वितरण गरेकाे बताएका हुन ।
काेराेना भाईरस’ महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु PPE लगायत अन्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय लाई ३५ थान हस्तान्तरण गरिएको हाे । यस्तै जिल्लाभरका स्थानीय तहमा प्रति स्थानीय तह १०/१० थान, दैबिक प्रकोप उद्दार समितिलाई १० थान हस्तान्तरण गरिएको हाे खड्काले बताए ।
खड्काले अहिले जसले जे सक्छ त्यहि सहयोग गरेर काेराेना राेकथाममा सहयोग गर्नुपर्ने बताए ।गाउँमा स्वास्थकर्मिहरुलाइ स्वास्थ सामाग्रीकाे समस्या देशभर रहेको भन्दै तत्काल पहिला स्वास्थकर्मीहरुलाइ निर्धक भएर विरामी जाँच्ने वातावरण बनाउन सबैलाई अाग्रह गरे ।विभिन्न महामारीको समयमा जाजरकोट सधैं पिडामा हुने हुदा यसपटक समयमै सबै सतर्क भएर लाग्नु पर्ने खड्काकाे धारणा छ ।
केही दिन अगाडि पुर्व सांसद तथा नेपाली काँग्रेसका नेता राजिव बिक्रम शाहले पनि स्थानीय तहमा रहेका स्वास्थ सस्थाहरुलाई ३५ थान सर्जिकल बेडहरु उपलब्ध गराएका थिए ।