एजेन्सी – क्यारेबियन टोली वेष्ट इन्डिज क्रिकेटका लिजेन्ड सर एभरटन विक्सको ९५ वर्षको उमेरमा निधन भएको छ । विक्सको बिहीबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विक्सले ४८ टेस्टमा ५८.६१ को औसतमा ४ हजार ४ सय ५५रन बनााएका थिए । उनी ५ टेस्टमा लगातार शतक बनाउने ब्याट्सम्यान समेत हुन् । इन्डिजका ‘थ्री डब्लुएस’ मध्येका एक हुन् । इन्डिजका थ्री डब्लुएसमा विक्ससँगै क्लेडे वालकोट, र सर फ्राङ्क वारेल पर्छन् ।