सुदूरपश्चिम सरकारले भोलि प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले खडेहरा पर्वको अवसरमा सुदूरपश्चिमका तराईका जिल्लाहरू कैलाली र कंचनपुरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो।
आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णु दत्त जोशीले सूचना जारी गर्दै ०७९ चैत १ मा प्रदेश राजपत्रमा प्रकाशित २०७९ को विदा सम्बन्धी सूचना अनुसार १ गतेको सट्टा चैत ३० गते विदाको निर्णय गरिएको जनाएका छन्।
साथै भोलि सार्वजनिक विदाको दिन कैलाली र कंचनपुरका सम्पुर्ण सरकारी कार्यालयहरु बन्द हुने भएका छन्।