स्याङ्जा – स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या एक सय २८ पुगेको छ ।
६ महिला सहित एक सय ८८ जना सङक्रमितमध्ये २ जनाको ज्यान गएको छ भने अन्य सङ्क्रमित जिल्लाका विभिन्न आइसोलेसनमा रहेका छन् ।
केही दिनयता, जिल्लामा नयाँ कोरोना सङ्क्रमित भेटिएका छैनन् । विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ ।