पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डको पहिलो पारी २०४ रनमा समेटिएको छ ।
साउथह्याम्पटनमा वेस्टइण्डिज विरुद्धको जारी टेस्टको दोस्रो दिन इंग्ल्याण्डको टिम ६७ दशमलव ३ ओभरमा २०४ रन मा रोकिन पुग्यो ।
इंग्ल्याण्डका लागि छैटौं विकेटका लागि जोस बटलर र बेन स्टोक्सले गरेको ६७ रनको साझेदारी नै सर्वाधिक ठूलो साझेदारी हो । त्यसअघि दोस्रो विकेटका लागि जोय डेनली र रोरी बन्सले ४८ रनको साझेदारी गरेका थिए ।
इंग्ल्याण्डका कप्तान बेन स्टोक्सले बनाएको ४३ रन नै सर्वाधिक ठूलो रन हो । यसैगरी जोस बटलरले ३५ रन बनाउँदा डम बसे ३१ रनमा नट आउट रहे । यसैगरी रोरी बन्सले ३० रन बनाए ।
रोरी बन्स १३ वर्ष पछि इंग्ल्याण्डबाट ओपनिङ गर्दै १ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।