काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जीत निकाल्दै शीर्ष चारमा आफ्नो दाबेदारी कायमै राखेको छ ।
युनाइटेडले बिहीबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको छ।
क्रिस्टलको मैदानमा युनाइटेडलाई जीत दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक/एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५५औं मिनेटमा क्रिस्टलका जोर्डन एयुले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनको गोललाई रेफ्रीले अफसाइड दिए ।
त्यसपछि खेलको ७८औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २-० को जीत दिलाए ।
जीतसँगै युनाइटेडले लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । पाँचौ स्थानको युनाइटेडले ३६ खेलमा ६२ अंक जोडेको छ ।