धिरेन्द्र भट्ट/काठमाडौ
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन्। मल्लले इमेल मार्फत आज दिउँसो साढे २ बजे पत्रकारहरुलाई बोलाएका हुन्।
मल्ल निकट स्रोतका अनुसार उनले ‘सन्न्यास लिने मनस्थिति बनाइरहेको’ सूचना केही दिनदेखि नेपाल क्रिकेट संघ (क्यान) को उच्च नेतृत्वसम्म पुगेको छ । यद्यपि, ज्ञानेन्द्र स्वयम्ले भने क्यानलाई औपचारिक वा अनौपचारिकरूपमा केही बताएका छैनन् ।
तर, मल्लले आह्वान गरेको पत्रकार सम्मेलनले नेपाली क्रिकेट खेल जगतमा तरंग ल्याएको छ। उनले पत्रकार सम्मेलन मार्फत आफ्नो खेल जीवन टुङयाउन लागेको भन्दै खेल समाजिक संजालमा समर्थकहरुले निरासा प्रकट गरिरहेका छन्।